तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको च्याउ खाएर बिरामी भएको गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी
