सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ ।
उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका हुन् ।२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी
०६३ सालमा उपसचिव भइन् भने २०७० सालमा सहसचिव भएकी २०७७ कात्तिकमा सचिव भएकी उनी नेपाल कानुन आयोगका सचिवबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव भएकी थिइन् ।
गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । उनी २०८० भदौ २२ गते प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवको रूपमा काम गर्दै आएकी छन् ।निमित्त मुख्यसचिवमा बनेकी गर्तौला भदौ १५ गते सेवानिवृत्त हुनेछिन् ।