सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।
सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न गीतेन्द्रबाबु राई (जीबी) लाई मलेसियाबाट ल्याउने प्रयास भइरहेको बताएका छन् ।उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्रसमेत पठाइसकेको जानकारी दिए । राई फरार रहेको ८ महिनापछि आफू सरकारमा आएको भन्दै उनलाई आकाश पातलबाट खोज्न इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए ।उनले जीबी राई पक्राउ ब्यग्र प्रतीक्षाको विषय भएको भन्दै उनले कूटनीतिक प्रयासबाट नेपाल ल्याउन सरकार सफल हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले विभिन्न प्रकरणका फाइलहरू आफूले खोलेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिए ।लामिछानेले बालमन्दिर, सरकारी छाप किर्ते, सेन्चुरी बैक र बाँसबारी जुत्ता लगायतका फाइलहरू खुलेको पनि जानकारी दिए ।लामिछानेले गिरिबन्धु टी-स्टेट प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उजुरीको प्रतीक्षा गरेर बसेको भन्दै कुनै पनि काण्डमा फाइल नखोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।