माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहि प्राविधिक कठिनाईका कारण हिजो सार्वजनिक हुन नसकेको ले आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार आज नतिजा सार्वजनिक हुनेछ ।

नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।