राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले मन्त्रीहरुले पार्टी सरकारमा जानुको औचित्य सार्वजनिकरुपमा पुष्टि गरिनुपर्ने धारणासहितको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन् ।
सिंहदरबारमा करिब तीन घण्टा सभापति लामिछानेसँग भएको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै डा. ढकालले भने, “पार्टी बिरामी छ, अहिले लाज मानेर अस्पताल लगेर सर्जरी गरेनौँ भने निराशाजनक अवस्थामा पुगिन्छ ।”अबको दिनमा पार्टीले इन्तु, किन्तु परन्तु नभनी प्रदेश संरचना खारेज हुनुपर्छ । अब देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ ।
उनले देश डुलेर आएपछि निर्मम समीक्षा आफूले नभइ जनताले गरेको बताउँदै जनताको मागअनुसार पार्टी चल्नुपर्ने बताए ।

“पार्टीमा समन्वय, सम्पर्क अभाव उल्लेख गरिएको छ । एक प्रकारको सर्वे पनि गरेको थिएँ । पार्टीका सदस्य र शुभचिन्तकबाट पाएको फिडब्याक छ,” उनले भने, “अबको दिनमा पार्टीले इन्तु, किन्तु परन्तु नभनी प्रदेश संरचना खारेज हुनुपर्छ । अब देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ । अब ओलीसँग होइन, बालेन र गोपी हमालसँग मिल्नुपर्छ ।”
उनले अहिलेको अवस्थामा सही निर्णय लिन नसकिए अन्त्य हुने चेतावनी दिएका छन् ।
“अहिलेको अवस्थामा जनमत निराशाजनक छ । यो आशामा बदल्नुपर्छ । केही कठोर निर्णय लिनुपर्छ । संगठन र विभागका विषयमा कठोर निर्णय लिनुपर्छ भनेर लेखिएको छ,” उनले भने, “पार्टीले आशाका साथ विश्वास गरेका थिए । आशा नदेखिएको हो कि भन्ने छ । चित्र देखिँदा पनि घण्टीमा कालो देखिएको छ । बादल मडारिएको कारणले गर्दा घण्टी कालो देखिन थाल्यो । मडारिएका बादल हटाउँदा नीलो देखिन्छ ।”
उनले सरकारमा रहनुको औचित्य मन्त्रीहरुले पुष्टि गर्नुपर्ने र त्यो पनि सार्वजनिकरुपमा हुनुपर्ने बताए ।
“पार्टी सरकारमा रहेको औचित्य पुष्टि हुनुपर्छ । अब हामी छिटै नै आगामी हप्तामा मन्त्रीको सय दिनको समीक्षा गर्दैछौँ,” उनले भने, “पार्टीका नेताहरुले मन्त्रीहरुलाई निर्मम प्रश्न गर्नुहुनेछ । त्यसपछि आवश्यक निर्णय लिनेछौँ ।”
उनले आफ्नो प्रतिवेदनअनुसार अहिलेको अवस्था रह्यो भने आगामी निर्वाचनमा निकै कम सिट प्राप्त हुने र यही अवस्था चुनावसम्म कायमै रहे त्यो पनि भन्न नसकिने अवस्थामा पुग्ने बताए ।
उनले पार्टीभित्र समस्या रहेको संकेत गर्दै सबै विषयको जवाफ महामन्त्रीले मात्रै दिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
“अहिलेको अवस्था कायमै रहे ०८४ सम्म केही सिटभित्रै सीमित हुनेछौँ,” उनले भने, “यही अवस्था रहे त्यो अवस्था पनि नरहन सक्छ ।”
अब ओलीसँग होइन, बालेन र गोपी हमालसँग मिल्नुपर्छ ।”अहिलेको अवस्थामा सही निर्णय लिन नसकिए अन्त्य हुने चेतावनी दिएका छन् । उनको भनाई छ