नेकपा ऐमालेबाट अलग भै केहि वर्षमात्र पहिला बनेरो ऐकिकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व छानिने बताएका छन् ।
मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नका लागि म यहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु । राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्छौँ ?’, उनले भने, ‘यो देशको सामाजिक-आर्थिक रुपान्तरण कसरी हुन्छ ? यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुस्, यति धेरै विकृतिहरु फैलिएका छन् ।’
उनले अहिले देशमा रहेको विकृतिको उरुङलाई बढार्ने उपाय चाहिएको बताए । ‘गम्भीर राष्ट्रिय सवालमा हामी एकताबद्ध भएर अगाडि बढौँ । साझा दायित्व निर्वाह गर्न तपाईं-हामी अत्यन्त गम्भीर बनौँ’, उनले भने, ‘हाम्रा प्रस्तुत दस्तावेजको गहन ढंगले अध्ययन गरौँ, विश्लेषण गरौँ, संश्लेषण गरौँ । सकेसम्म एउटै आवाजका साथ सहमतिबाटै नयाँ नेतृत्व निर्माण गरौँ । प्रतिस्पर्धा भए पनि इमानपूर्वक पूरा गरौँ ।’
नेता झलनाथ खनालले सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व छानिने बताएका छन् ।
एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।