अहिले १/२ दिन देखी सामाजिक सञ्जालमाहरु सर्वत्र रुपमा एक सरकारी गाडीले लेन मिचेर अर्को लेनमा गएको भिडियो चर्चामा छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको देखिन्छ ।
उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठका अनुसार यो घटना गत शुक्रबारको हो । गाडीले ललितपुरको सातदोबाटोबाट ग्वार्को जाने सडकमा लेन उल्लंघन गरेको उनले बताए ।
सरकारी नम्बरप्लेट भएको गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको एसएसपी श्रेष्ठले बताएका छन ।लेन उल्लंघन गरेका बेला गाडीमा चालकमात्रै रहेको र उनलाई कारबाहीको दायरामा ल्याइएको समेत उनले बताएका छन ।