इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले गत शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको थियो ।राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान थिए ।२ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी दिए मसुदले बहुमत हासिल गर्न भने सकेनन् । बीबीसीका अनुसार बहुमत हासिल गर्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । त्यसैले ५ जुलाईमा पुनः निर्वाचन हुने बीबीसीले जनाएको छ ।मसुदले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले ५ जुलाईको निर्वाचनमा अधिक भाग लिन र देशलाई गरिबी, भेदभाव र अन्यायबाट जोगाउने पक्षमा उभिन आह्वान गरेका छन् ।
ईरान राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ
