रौतहट दुर्गा भगवती गाउँपालिका वडा नं ३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ ।राजेश कुमार झाको नाममा रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन कुमार झाको घर अगाडि राखिएको सो गाडी कसैले व्यकत्तिगत रिसिभिले चोरी गराइएको गाडी धनी राजेश कुमार झाको भनाई रहेको छ ।दुर्गा भगवती गाँऊपालीका स्थित ईलाका प्रहरी कार्यालय पिपरा मा गाडी चोरि भएको भोलिपल्टै प्रहरीमा उजुरी दिए पनि गाडी चोरी भएको अहिले सम्म प्रहरीबाट कुनै किसिमको खोज तलास सम्बन्धित सुचना नआएको गाडी धनीको गुनासो रहेको छ ।
गाउँभरीको विद्युत लाईन काटेर बिजुलिको पोलमा रहेको सिसि टिभी बन्द हुने बितिकै गाड़ी चोरी भएकाले चोरीमा गाउँको मान्छेको पनि संलग्न हुन सक्ने गाडी धनीले दाबी गरेका छन ।मत्सरीमा गत वर्ष पनि दुईवटा मोटरसाईकल चोरि भएको स्थानियहरु को भनाई छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीको घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।