सरकार को प्रमुख घटक नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेपछी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन् ।
सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।