उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियो रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा चलिरहेको बहस मंगलबार नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको थियो ।आज पनि सुनुवाइ हुँदैछ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ ।
