नेकपा एमाले बागमती सरकारबाट बाहिरिने भएको छ । एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् ।कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कांग्रेसले बागमती प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने र आजै राजीनामा बुझाइने निर्णय गरेको छ
