नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने भएको छ ।यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो ।कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो । पार्टी अध्यक्ष सीके राउतले कांग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए । तर कांग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो ।कांग्रेस पार्टी मधेश प्रदेशको सभापतीको गृह जिल्ला रौतहटबाट सुनिल कुमार यादवलाई अर्थ मन्त्रालय, पर्साबाट जनार्धन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,धनुषाबाट शेष नारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र सर्लाहीबाट कौशल किशोर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारीकोलागी नाम मुख्यमन्त्रीलाई पठाएको कांग्रेस पार्टीको नेतृ एवं नेपाली कांग्रेस का मधेश प्रदेश सभा सदस्य मा.ईन्दु शाहले तितो सत्य डटकमलाई जानकारी दिएकि छिन ।