रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिमहरुको पर्व (दाहा) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (खुकुरी, लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए ।दाहाको झण्डा गाड्ने र नचाउने क्रममा घरेलु हतियार सहित उपस्थित भएको मुस्लिम समुदायले होहल्ला एवं उच्छृङ्खल गतिविधि धकेलाधकेल सडकमा हिडनेहरु लाई आवत जावतमा अवरोध सर्वसाधारणको यातायात मा हिर्काउने तर्साऊने कार्य गरिरहदाँ सो क्रममा सम्झाउन खोज्दा मेलामा घरेलु हतियार सहित उपस्थित भएको मुस्लिम समुदायले ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ । उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए ।
ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको छ ।
मेलामा नेपाल प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ ।प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।