सहकारी छानबिन संसदीय समितिको सोमबार बसेको बैठकले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका जीबी राई, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनको श्रीमती राजमाया, छोरा सचिन र छोरी सरला शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेगाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन साथै अमेरिका, बेलायत,मलेसिया, भारत अनि स्थिति अज्ञात रहेकोहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन र समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ । त्यसको सूची गृहमन्त्रीलाई दिएको भन्दै सभापति थापाले भने, ‘बाहिर भएका व्यक्तिहरूलाई बोलाएर छालफल गर्छौं । कारागारमा भएकाहरुसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध गर्न गृहमन्त्री र सचिवलाई भनेका छौं ।’ छानबिन समितिले सरकारका गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
सहकारीको रकम अपचलन गरी देश बाहिर भागेकाहरुलाई स्वदेश फर्काउन सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो निर्देशन
