भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्याएको छ । त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्याएको छ । बाढीले अन्य ३ हाइड्रोपावरमा पनि क्षति पुगेको छ । ‘खोला किनारको वस्तिहरु प्रभावित भएको छ । बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल, नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्याएको छ ।बाढीले बगाउँदा इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता छन् । मध्यरातमा आएको बाढीले ३ जनालाई बगाउँदा एकजनाको भने उद्धार गरिएको र उनको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जानकारी दिएको छ ।
भोजपुरमा बाढी : २ जना मजदुर बेपत्ता ८ वटा पुल र ३ जलविद्युत आयोजनामा क्षति
