प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा गरेकाछन ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी छन् ।।मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ ।कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ ।यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ । बाँकी रहेको काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ पनि आज छेडिएको हो ।आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा
