सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार (आज) दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
संसदीय दलको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।प्रमुख सचेतक बिक्रम धामीले बैठक प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने जानकारी दिए । विश्वासको मतबारे निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक पनि जारी छ ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न बैठक छन् ।