हाल नेपाल टेलिकमको प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा ३० साउन देखि अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यवस्था नेपाल टेलिकमले मिलाएको छ ।सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनोट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए/नभएको यकिन गर्न सकिन्छ ।अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ ।भारतमा भने यो सेवा उपयोग गर्न कम्पनीका ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट यूएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ ।नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नका लागि roaming.support@ntc.net.np मा इमेल मार्फत अनुरोध गर्न सकिन्छ ।
नेपाल टेलिकमको प्रिपेड नम्बरको सिममा अन्तर्राष्ट्रिय रोमिङ सेवा हिजो ३० साउन देखि क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यवस्था गरेको छ ।
