साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति बैठकले संविधान संशोधन तथा परिमार्जनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ ।संविधान पुनरावलोकन आयोग गठन गरी त्यसको राय सुझाव र सिफारिसमा आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।संविधान संशोधन गरी स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्रधिकारभित्र राख्न पनि माग गरेको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणाली, राष्ट्रिय र जातीय पहिचानमा आधारित स्वशासनसहितको राज्य संरचना बनाउन पनि माग गरेको छ ।
संविधान संशोधन तथा परिमार्जनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न जसपाको माग
