राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सहकारी विशेष छानबिन गर्न बनेको संसदीय समितिले शुक्रबार दिउँसोदेखि राति १ बजेसम्म ९ घण्टा बयान लिएको हो।
रविले कुरा फुत्काउन मान्नुभएन त्यसपछि हामीले पनि प्रमाणका आधारमा सोधपुछ गरिरह्यौ त्यो हुनाले नौ घण्टा लामो बयान लिनुपरेको हो’, ती सदस्यले भने।
समितिका ती सदस्यले रविले सोचेजस्तो जीबी राईका विषयमा बयान नदिएको बताइएको छ।
विभिन्न तथ्य र प्रमाणका आधारमा लोमो समय बयान लिनुपरेको सहकारी समितिका सदस्यले जानकारी दिएका छन।
बयानमा रविले के भने ?
रविले बयानका क्रममा आफूले कुनै पनि रूपले सहकारीको पैसा हिनामिना नगरेको दाबी गरेका छन्। समितिका एक सदस्यले खबरहबसँग कुराकानीमा भने, ‘मलाई जीबी राईको सहकारी थियो भन्ने समेत जानकारी थिएन। उनीसम्पत्ति भएको मान्छे नै होला भन्ने लागेको थियो कहाँ के सहकारी छ भन्ने थाहा थिएन। सहकारीको पैसाले गोरखा मिडिया नेटवर्क चलाएको भन्ने पनि मलाई थाहा भएन। मलाई कुनै जानकारी थिएन। मलाई मासिक रूपमा पाँच लाख तलब र १५ प्रतिशत सेयर दिने भनेर लगिएको हो। मैले सेयरमा समेत लगानी गरेको छैन। जीबी आफैले मलाई तलब स्वरूप सेयर १५ प्रतिशत दिएका हुन्। पाँच लाख तलब दिन्थे म लिन्थेँ। एउटा कामदारले पैसा पाएपछि कहाँबाट ल्यायो ? किन ल्यायो ? कसरी ल्यायो भन्ने सोधपुछ गर्ने कुरा नै भएन। कहाँबाट उनको पैसा आउँथ्यो, त्यो मैले सोध्ने कुरै भएन।’
उनले आफ्नो नाममा लिएको एक करोड ऋण समेत स्वीकार गरेका छैनन्। ऋण लिएर तिरिसकेको भए पनि उनले यो ऋण आफूले नलिएको दाबी गरेका छन्। उनले भने, ‘मलाई यो ऋण लिएको पनि थाहा छैन र तिरेको पनि थाहा छैन। नयाँ खाता खोलेर जीबी राईले नै ऋण लिइदिएछन् मलाई त पत्तै भएन। फेरि यो नक्कली नाममा ऋण लिएको भन्ने त प्रमाणित भइसकेको छ नि ?’
उल्टै उनले आफै ऋण लिएको कुरा नक्कली भएको प्रमाणित भएको दाबी गरे। ‘गृहमन्त्री हुँदा जीबीलाई खोज्दै थिएँ, सरकारले लुकायो’, रविले थप भनेका छन्। उनले आफू रास्वपाको सभापति भइसकेपछि जीबीसँग खासै बोलचाल र भेटघाट नभएको दाबी गरेका छन्। तर अन्तिमपटक बोलचाल र भेटघाट बारे उनले खुलेर भनेका छैनन्।
जीबीलाई सरकारले लुकायो
यस्तै आफू गृहमन्त्री हुँदा जीविलाई खोज्न पटकपटक पहल गरेको र मलेसियाको गृहमन्त्री मार्फत पनि जीबीलाई पक्रन खोजे पनि सरकारमा भएका अन्य व्यक्तिले सहयोग नगरेको आरोप लगाएका छन्।
उनले भने, ‘मैले खोज्दै थिए सरकारले लुकायो।’ गृहमन्त्री हुँदा जीविलाई जसरी पक्राउ गर्ने आश्वासन दिएका रविले नै समितिको बयानमा अरुले जीबीलाई भगाएको आरोप समेत लगाएका छन्।
रविले जीबी राई मलेसियामा नै भएको कुरा ठोकुवा समेत गरेका छन्। यस्तै उनले गृहमन्त्री रमेश लेखकलाई जीबीलाई पक्रिएर ल्याउनका लागि चुनौती समेत दिएका छन्।
समितिका अर्का सदस्यले खबरहबसँग भने, ‘यो सरकार साँच्चिकै काम गर्छ भने जीबी राईलाई पक्रेर ल्याएर देखाओस्। मैले पक्रिन खोज्दा केही साथीहरु मिलेर नै जीबी राईलाई भगाएको पाइयो। उनी मलेसियामा छन् यो एउटा प्रमाण पनि हो।’
गोरखा मिडियाको कारोबार पनि किर्ते भएको दाबी
सहकारीका अर्का समिति सदस्यको भनाई, ‘जीबी राईलाई नसमातेसम्म कसैको पनि कर्तुत फेला नपर्ने जस्तै भयो। तर केही प्रमाण र तथ्यका आधारमा भने हामीले कर्तुतहरु फेला भने पारेका छौं।’
सहकारी ठगी प्रकरणमा रवि लामिछाने प्रमाणित हुन्छन् या हुँदैनन् भन्ने प्रश्नमा ती सदस्यले भने, ‘अहिलेसम्म हामी छलफल गरिरहेका छौं प्रमाणहरु केलाइरहेका छौं। बाँकी कुरा अगाडि के हुन्छ हेर्दै जानुहोला।’
यसअघि समितिको बयानमा आएका व्यक्तिले रवि र जीबी राईलाई पटकपटक पोलेको समिति सदस्यको भनाइ छ।
समिति सभापति सूर्य थापाका अनुसार रवि लामिछानेले कुनै पनि हिसाबमा आफू सहकारीको रकम अपचलन प्रकरण नबुझेको बताएका छन्। उनलाई आफ्ना नाममा भएका सहकारी र गोरखा मिडियाको कारोबार पनि किर्ते भएको दाबी गरेका छन्। थापाले भने, ‘उहाँले कुनै पनि हालतमा आफूसँग भएका गोर्खा मिडिया र सहकारीको कारोबार स्वीकार गर्नुभएको छैन। आफूले तलब लिएको र सेयर लिएको कुरा मात्रै उहाँले स्वीकार गर्नु भएको छ।’यसअघि समितिले बयान लिएका दिपेश पुन रोशनी गुरुङ लगायतका व्यक्तिहरूले पनि रविको नाम लिएको समिति सदस्यको दाबी छ।खबरहबाट