सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएकाहरुमध्ये औसतमा वार्षिक १ हजार जना र दैनिक ४ ले ज्यान गुमाउँछन् । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा बढोत्तरी भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।
तथ्यांकका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्म ३ हजार ८८७ श्रमिकले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाए ।
बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् ।
यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र विरामीका कारण श्रमिकको ज्यान गएको छ । जसअनुसार ३२१ जनाको विरामी र रोग लागेर भएको छ ।