प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल कायम मुकायम प्रधान सेनापतिलाई राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा

अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।