सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप हुने भएको छ।मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यवधि थप्ने प्रस्ताव पेश गर्ने भएका छन्।भोलि प्रतिनिधिसभा बैठकमा समिति सभापतिले कार्यवधि थप सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ । कति दिन थपिने भन्ने कुरा भोलि नै निर्णय हुन्छ।’
अध्ययन अनुसन्धान र सोधबुझको कार्यक्रम बाँकी रहेकाले समयावदी थप्नु परेको समितिको भनाइ छ। समितिका कार्यवधि यही २३ गते सकिँदैछ।