प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन । सामान्यतया बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठकमा आज मन्त्रालयहरूका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुनुका साथै गृह सचिवको नियुक्ति पनि हुन सक्ने जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार, मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको पदमा नियुक्ति हुने सम्भावना उच्च छ।
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै
