प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु अघि उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरण अनुसार भूमिका निर्वाह नगरेको दाबीसहित पदमुक्त गराउने सत्ता पक्षको प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ ।उपसभामुख हटाउन पुग्ने गरी स्पष्ट दुई तिहाईको आधार नदेखिएकाले अविश्वासको प्रस्ताव ल्याउने दिन यकिन हुन नसकेको हो । सत्ता पक्ष स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि ३१ भदौबाट संसद बैठक रोक्ने तयारी छ ।यो प्रकरणलाई टुंगाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरेका थिए । शुक्रबारको संवैधानिक परिषद् बैठकमा उपसभामुख रानाले आफ्नो बारे चलेका चर्चाबारे प्रश्न उठाएकी थिइन् । प्रधानमन्त्री ओलीले भने अहिले बाहिर आएका कुराहरुको पछि नलाग्न आग्रह गरेका थिए ।४ असोजमा अमेरिका जाने प्रधानमन्त्री ओली ११ असोजमा फिर्नेछन् । सत्ता पक्षमा रहेको जनमत उपसभामुख रानामगरलाई हटाउन तयार नभएपछि अविश्वासको प्रस्ताव दर्ता तत्कालका लागि टरेको गठबन्धनका शीर्ष तहका नेताले जानकारी गराए ।
उपसभामुखलाई पदमुक्त गर्ने अविश्वास प्रस्ताव टर्यो
