राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।जरुरी पक्राउ पुर्जी जारी भइसकेपछि नेपाल प्रहरीले एउटा उच्चस्तरीय टोली लामिछानेलाई पक्रन परिचालन गरिसकेको स्रोतले जनाएको छ
रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा च:मतीमा कार्यकर्ता जम्मा भइरहेका छन् ।गोर्खा मिडिया नेट्वर्कका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरिसकेको छ । यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् ।
आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् ।आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’ ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । सरकारविरुद्ध लडेर जित्ने पनि उनले बताए । भने, ‘म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ ।’जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने ।सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए । ‘कानूनी रुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सत्यका लागि लड्न तयार भएर बसेको छु’, लामिछानेले भने ।