जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन अनुसार गाँउमा रहेको पोखरीमा नुहाउन गएकी।रौतहट को राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा प्रमोद साह कानुको श्रीमती गिरीजा देवीको आज विहान ११ बजेको समयमा पोखरीमा डुबेर मृत्यु भएको छ । पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताएका छन ।
रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु ।
