अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् ।उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।प्रहरीका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् । त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।
बाढी-पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु
अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । १४ जना बेपत्ता रहेका छन् ।
विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको र १३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।