बुटवलबाट काठमाडौं आउने क्रममा बाढीले पुरिएको विङ्गर र बसबाट शनिबार १४ वटा शव निकालिएको थियो। उद्धारलाई आइतबार पनि निरन्तरता दिँदा थप १० वटा शव सुरक्षाकर्मीले निकालेका छन्।हिजो १४ वटा शव निकालिएको ठाउँबाट आज सुरुमा ३ वटा र पछि थप ७ वटा शव निकालिएको हो ।प्रहरीका अनुसार झ्याप्ले खोलामा पुरिएको गोरखाको बस र चितवनको हायसबाट १० जनाको शव निकालिएको हो ।
झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।