कान्तिलोकपथ सडक खण्ड हेटौडा काठमाण्डौ बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको छ ।कुलेखानी मार्छु भित्रि सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्णरुपमा अवरोध भएको छ ।
भीमफेदि गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसी हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरोध भएको छ ।यस्तै, आधा दर्जन ठाउँमा पहिरो जाँदा फाखेल-हुमाने-चखेल-मातातिर्थ-सतुङगल सडक खण्ड पनि अवरुद्ध भएको छ ।हेटौंडासँग जोडिएको पूर्व-पश्चिम लोकमार्ग मात्रै सञ्चालनमा छ ।