१० गते देखि परेको अविरल वर्षाले भएको जनधनको क्षति असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बिहान ८ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई घर बनाउनका लागि रकम वितरण साथै प्रभावित क्षेत्रमा आउनसक्ने स्वास्थ्य महामारी रोक्नका लागि आवश्यक काम गर्न स्वास्थ्य मन्त्रालयमार्फत् स्वास्थ्यकर्मी परिचालन गर्ने, स्वच्छ पिउने पानीको व्यवस्थापन पर्ने लगायतका निर्णय गर्ने तयारी, बाटोघाटो, पुल, पुलेसा पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी छ । पहिरोका कारण राजधानी काठमाडौंको लाइफलाइन नै बन्द भएको छ सोको संबन्धमा सक्दो चाडो सडक सुचारु कसरि गर्ने योजना निर्माण गर्ने भएको छ । असोज ११ र १२ गते दुई दिनको अवधिमा बाढी पहिरोका कारण बागमती, कोशी, काठमाडौं उपत्यका र मधेश प्रदेशमा नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशमा ८५ जना, काठमाडौं उपत्यकामा ७९ जना, कोशी प्रदेशमा २१ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ सबै प्रदेश गरि जम्मा १८८ जनाको मृत्यु भएको छ ।
खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै
