महाकुम्भमा स्नान गरेर घर फर्किंदै गर्दा बिहारको मुजफ्फरपुरमा गाडीमा ९ जना सवार थिए नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।गाडी दुर्घटनामा परेर पाँच नेपालीको मृत्यु भएको तथा चारजना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् ।घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा भारतमा गाडी दुर्घटना ५ नेपालीको मृत्यु, ४ जना गम्भीर
