काठमाडौं – बेलायती राजकुमार दम्पती भोलि नेपाल भ्रमणमा आउँदै छन्। नेपाल बसाइको क्रममा उनीहरूले काठमाडौं उपत्यकादेखि पोखरासम्म विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
उनीहरूको भ्रमणको सुरुवात कीर्तिपुरबाट हुनेछ, जहाँ उनीहरूले स्थानीय सम्पदा, संस्कृति तथा समुदायसँग अन्तक्र्रिया गर्ने अवसर पाउनेछन्। त्यसपछि उनीहरूले अन्य महत्वपूर्ण स्थानहरूको भ्रमण गर्नेछन्।काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू अवलोकन गरेपछि राजकुमार दम्पती पोखरा प्रस्थान गर्नेछन्। पोखरामा उनीहरूले फेवा ताल, सराङकोट, तथा अन्य पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।यो भ्रमणले नेपाल-बेलायत सम्बन्ध थप सुदृढ गर्ने विश्वास गरिएको छ।बेलायती राजकुमार एडवार्ड पत्नी सोफियासहित मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्। गृह मन्त्रालयका अनुसार उनीहरूको भ्रमणका क्रममा माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम लगायत स्थानहरूको अवलोकन गर्ने कार्यक्रम छ। साथै, पोखराको भ्रमण गर्ने योजना समेत रहेको छ।सुरक्षा स्रोतका अनुसार राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया छुट्टाछुट्टै विमानमार्फत नेपाल आउने छन्। नेपाल प्रहरीको पीएसओ टोलीलाई उनीहरूको सुरक्षा व्यवस्थाका लागि परिचालन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।बेलायती राजपरिवारको आधिकारिक वेबसाइटमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्ने जानकारी गत जनवरी १४ मा सार्वजनिक गरिएको थियो। राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।