काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा प्रधानमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०) पेस गर्ने सम्भावना रहेको छ। साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले राष्ट्रियसभाबाट उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, मन्त्रीले विद्युतीय व्यापार (इ-कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा अन्य विधेयक तथा नीति सम्बन्धी विषयहरूमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ।