टोरन्टो – क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्, जसमा एक बच्चा, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष रहेको बताइएको छ।
डेल्टा एयरलाइन्सको उडान संख्या ४८१९ भएको उक्त विमान स्थानीय समयअनुसार पौने ३ बजे अवतरण भएको थियो। विमानमा ७६ यात्रु र चालक दलका ४ सदस्य गरी कुल ८० जना सवार थिए।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। प्रारम्भिक रिपोर्टअनुसार, अधिकांश यात्रु सकुशल रहेका छन्। विमानमा २२ जना क्यानडाका नागरिक तथा अन्य विदेशी यात्रु रहेको जनाइएको छ।
दुर्घटनाका कारण विमानस्थलमा अन्य उडानहरू प्रभावित भएका छन्, जसले गर्दा यात्रुहरू अलपत्र परेका छन्। घटनाको अनुसन्धान जारी रहेको विमानस्थल प्रशासनले जनाएको छ।