रुपन्देहीको मायादेवी गाउँपालिका–२ मा एक युवकको शव फेला परेको छ। बिहीबार बिहान २९ वर्षीय राकेशसिंह लोध मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ भने शव रहेको स्थान रक्ताम्य अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई हत्या गरिएको आशंका गरिएको प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।
स्थानीयबासीका अनुसार घटनास्थल नजिक बिहान ठूलो आवाज सुनिएको थियो। यसले लोधको गोली प्रहार गरेर हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीका अनुसार मृतक लोध घरमा एक्लै बस्दै आएका थिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।