ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ। करिब ९ सय फिट गहिराइसम्म खनेपछि अचानक आगोको लप्का देखिएको स्थानीय बासिन्दाले बताएका छन्।
बोरिङ स्थलबाट लगातार आगो निस्किरहेका कारण स्थानीयले हिलो र पानी छ्यापेर निभाउने प्रयास गरे पनि सफलता प्राप्त भएको छैन। यस घटनापछि बोरिङको काम रोकिएको छ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीका अनुसार बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हुनसक्ने र त्यसकै कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।