बुधबार बसेको प्रतिनिधिसभा बैठक मन्त्रीहरूको अनुपस्थितिका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ।
बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारको अनुपस्थितिप्रति आपत्ति जनाए। उनले सरकारले सदनलाई वेवास्ता गरिरहेको आरोप लगाउँदै मन्त्रीहरू उपस्थित नभएसम्म बैठक स्थगित गर्न माग गरे।
“सरकारले सदनलाई बेवास्ता गरिरहेको छ, जनप्रतिनिधिलाई हेपिरहेको छ। नियमावलीअनुसार सरकारको उपस्थितिबिना बैठक सञ्चालन हुन सक्दैन,” पाण्डेले भने।
उनको आग्रहपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका थिए।
प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूको उपस्थिति अनिवार्य भए पनि पटक–पटक सरकार पक्षको अनुपस्थितिले संसद् अवरुद्ध हुने अवस्था सिर्जना हुँदै आएको छ