काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा सार्वजनिक रूपमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै अभिव्यक्ति दिएको आरोपमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले २०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए।
यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। आदेशअनुसार, २०७७ फागुन ६ गते ओली अदालतमा उपस्थित भई आफ्नो लिखित जवाफ पेश गरेका थिए