काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सयभन्दा बढी उजुरी दर्ता भएका छन्। समितिका अनुसार माघ ८ गतेसम्म प्राप्त १०० उजुरी सांसदहरूलाई वितरण गरिएको थियो।
लेखा समितिका सचिव एकराम गिरीका अनुसार विभिन्न विषयमा उजुरीहरू आउने क्रम जारी छ। सरकारको लेखासम्बन्धी विषय र सार्वजनिक सरोकारका मुद्दामा नागरिक तथा सरोकारवालाहरूले उजुरी दिने गरेका छन्। समितिले प्राप्त उजुरीहरूको अध्ययन तथा आवश्यक छानबिन गर्ने जनाएको छ।