अमेरिकी सरकार ४३ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न रोक लगाउने तयारी गरिरहेको छ। स्रोतहरूका अनुसार सुरक्षा चिन्ताका कारण अमेरिकाले यात्रा प्रतिबन्धको सूची तयार पारेको हो।
प्रतिबन्धका तीन तह
तयारी भइरहेको सूचीलाई तीन भागमा विभाजन गरिएको छ— रातो, सुन्तला र पहेँलो।
• रातो सूची: यी देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइनेछ।
• सुन्तला सूची: यस्तो सूचीमा परेका देशका नागरिकहरूलाई आप्रवासी तथा पर्यटक भिसामा यात्रा गर्न रोक लगाइनेछ, तर उच्च आर्थिक हैसियत भएका वा व्यवसायिक प्रयोजनका लागि यात्रा गर्नेहरूलाई छुट दिइनेछ।
• पहेँलो सूची: यी देशहरूलाई सुरक्षा तथा अन्य आवश्यक मापदण्ड पूरा गर्न ६० दिनको समय दिइनेछ।
प्रतिबन्धको आधार
अमेरिकी प्रशासनका अधिकारीहरूले विभिन्न सुरक्षा निकाय र गुप्तचर एजेन्सीहरूसँग समन्वय गरेर सूचीको मस्यौदा तयार पारेका छन्। प्रस्तावित सूचीबारे पुनरावलोकन भइरहेको र अन्तिम निर्णय चाँडै आउने बताइएको छ।
सुरक्षासम्बन्धी नीति
राष्ट्रपति कार्यभार सम्हालेपछि अमेरिकी प्रशासनले सुरक्षा नीतिलाई प्राथमिकता दिँदै आएको छ। कमजोर सुरक्षा प्रणाली भएका देशहरूलाई कडा निगरानीमा राख्दै यात्रा प्रतिबन्धको तयारी गरिएको हो।
ट्रम्पको कार्यकारी आदेशपछि सुरक्षा जाँचका लागि देशहरूको सूची तयार
गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि आप्रवासन सुरक्षा नीतिलाई कडाइ गर्दै कमजोर सुरक्षा भएका देशहरूको सूची तयार गर्न कार्यकारी आदेश जारी गरेका थिए। उक्त आदेशअनुसार विभिन्न तीन तहका सूचीहरू सार्वजनिक गरिएका छन्, जसमा विभिन्न देशहरू समेटिएका छन्।
रातो सूची (उच्च जोखिम भएका देशहरू)
राष्ट्रपति ट्रम्पको आदेशपछि सुरक्षा निकायले ११ वटा देशलाई उच्च जोखिमयुक्त भन्दै “रातो सूची” मा राखेको छ। यी देशबाट आउने आप्रवासीहरूको विस्तृत सुरक्षा जाँच गरिनेछ। सूचीमा समावेश देशहरू:
• अफगानिस्तान
• भुटान
• क्युबा
• इरान
• लिबिया
• उत्तर कोरिया
• सोमालिया
• सुडान
• सिरिया
• भेनेजुयला
• यमन
सुन्तला सूची (मध्यम जोखिम भएका देशहरू)
मध्यम स्तरको सुरक्षा चिन्ताका कारण निम्न १० देशहरूलाई “सुन्तला सूची” मा राखिएको छ। यी देशका आप्रवासीहरूलाई थप निगरानीमा राखिनेछ।
• बेलारूस
• इरिट्रिया
• हाइटी
• लाओस
• म्यानमार
• पाकिस्तान
• रसिया
• सियर्रा लियोन
• दक्षिण सुडान
• तुर्केमेनिस्तान
पहेलो सूची (न्यून जोखिम भएका देशहरू)
सुरक्षा जोखिम तुलनात्मक रूपमा कम भए पनि थप निगरानी आवश्यक पर्ने भन्दै निम्न २० देशहरूलाई “पहेलो सूची” मा राखिएको छ।
• एंगोला
• एन्टिगुआ एन्ड बार्बुडा
• बेनिन
• बुर्किना फासो
• क्यामरून
• केप भर्डे
• चाड
• रिपब्लिक अफ कंगो
• डेमोक्र्याटिक रिपब्लिक अफ कंगो
• डोमिनिका
• इक्वेटोरियल गिनी
• गाम्बिया
• लाइबेरिया
• मलावी
• माली
• माउरीटानिया
• सेन्ट किट्स एन्ड नेविस
• सेन्ट लुसिया
• साओ टोम एन्ड प्रिन्सिप
• भानुआटा
• जिम्बावे
नयाँ सुरक्षा नीतिले प्रभाव पार्ने क्षेत्रहरू
यस सूचीअनुसार ती देशका आप्रवासीहरूले अमेरिका प्रवेश गर्नुअघि थप कडाइका साथ सुरक्षा प्रक्रिया पार गर्नुपर्नेछ। ट्रम्प प्रशासनको यो नीति आप्रवासन नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित ल्याइएको बताइन्छ। तर, मानव अधिकारवादी समूहहरूले भने यसलाई भेदभावपूर्ण नीति भन्दै आलोचना गरिरहेका छन्।
यस नीतिको औपचारिक घोषणा भइनसकेको भए पनि, यदि लागू गरिएमा लाखौँ नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ।