नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठक बोलाउने सहमति गरेको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूबारे छलफल भएको थियो। निर्णय अनुसार कार्यसम्पादन समितिको बैठक चाँडै बस्नेछ।