सिराहामा महायज्ञका कारण दलित परिवार विस्थापित भएको घटनामा प्रशासनले संवेदनशील रूपमा नब्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ।
उक्त घटनामा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकाप्रति शंका उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले प्रजिअ परिवर्तन गर्ने निर्णय गरेका हुन्। दाहाललाई मन्त्रालय तानिएपछि उनको स्थानमा हाल कपिलवस्तुका प्रजिअ रहेका विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको छ।
यसैक्रममा, गृहमन्त्री लेखकले घटनाबारे सत्यतथ्य पत्ता लगाउन र आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएका छन्।