संघीयता खारेजी र २०४७ को संविधान पुनर्स्थापनाका लागि मधेशी नेतृत्वको प्रतिबद्धता
कलैया, बाराः मधेशी राष्ट्रवादी समूहको आयोजनामा मधेशी समुदायको भूमिका र महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम व्यवस्था परिवर्तनको निर्णायक घड़ीमा मधेशी नेतृत्वको आवश्यकतामाथि केन्द्रित रहेको थियो।
कार्यक्रममा राष्ट्रिय बजरंग दल, धर्म निरपेक्षता खारेजी अभियान, २०४७ को संविधान हाम्रो अभियान, नरसिंह हिन्दू सेना, मधेशी एकता समाज, मधेशी युवा सञ्जाल, मधेशी जेष्ठ नागरिक मञ्च, ॐ सनातन संस्कृति नेपाल लगायतका दर्जनौं मधेश केन्द्रित संगठन तथा अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता २०४७ को संविधान हाम्रो अभियानका केन्द्रीय अध्यक्ष सन्तोष झा ले गरेका थिए भने प्रमुख अतिथि नेपाल भारत हिन्दू मैत्री समाजका केन्द्रीय अध्यक्ष डा. राजीव झा थिए। विशिष्ट अतिथिका रूपमा राष्ट्रिय बजरंग दलका राष्ट्रिय अध्यक्ष राजु जयसवाल तथा अन्य अतिथिहरूमा सीधीनाथ झा, अरविन्द चौधरी, लगायत मधेशी युवाहरूको उल्लेख्य उपस्थिति थियो।
संघीयताको अन्त्येष्टि मधेशीले गरिसके – डा. राजीव झा
कार्यक्रमका प्रमुख अतिथि डा. राजीव झा ले आफ्नो सम्बोधनमा मधेशवादी नेताहरूले निहित स्वार्थका लागि जबर्जस्ती लादेको संघीयताको अन्त्येष्टि मधेशी स्वयंले गरिसकेको दाबी गरे। उनले वर्तमान प्रणाली सत्ता हत्याउन विदेशीको इशारामा लागू गरिएको असफल प्रयोग भएको उल्लेख गर्दै भने,
“२०७२ सालमा १७,००० नेपाली मारेर ५,००० जनाको जिम्मा लिएको पूर्व-आतंकवादीको नाइके, मूर्ति चोरलाई सम्मानित न्यायपालिकाले दुई वर्षको जेलको सजाय तोकेर सजाय काटेका चोर, भ्रष्ट, बलात्कारी, तस्कर र अपराधीहरूलाई सत्ता दिलाउन बन्दुकको डर र विदेशीको प्रभाव प्रयोग गरियो।”
डा. झाले अब मधेशी समुदाय यो भ्रष्ट र राष्ट्रघाती व्यवस्थाको अन्त्य घोषणा गर्न पूर्ण रूपमा तयार भइसकेको बताए। उनले मधेशी समुदाय व्यवस्थापनको नेतृत्व मात्र नगर्ने, निर्णायक लडाइँ लड्नेछ भन्ने दृढ सन्देश दिए।
उनले थपे, “शाहबाट शाह देव दिने समुदायले अब आफ्नो ईश्वरको रक्षा गर्नुपर्छ। विगतमा विदेशीको प्रभाव र आतंकवादीको दबाबमा परेर गरिएका कमजोरी अब कुनै हालतमा दोहोरिनु हुँदैन।”
उनले २०७२ को संविधानलाई अबैध दस्तावेज भन्दै भने,
“मधेशी समुदायले भ्रष्टाचारीहरूको जमातबाट जारी गरिएको २०७२ को दस्तावेज अस्वीकार गरिसकेको छ। अब राष्ट्रिय मेलमिलापको जगमा २०४७ सालको संविधान पुनर्स्थापित गरी राष्ट्रलाई बचाउनुपर्छ।”
उनले सम्पूर्ण राजनीतिक दल, संघ-संगठन, अभियान तथा राष्ट्रवादी शक्तिहरूलाई “एकताबद्ध भई मुलुकको रक्षा गर्न अपिल” गरे।
“गणतन्त्र असफल भइसकेको छ” – विशिष्ट अतिथि राजु जयसवाल
कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय बजरंग दलका राष्ट्रिय अध्यक्ष राजु जयसवाल ले गणतन्त्र स्थापना पछि मधेशले केही थान सांसद र मन्त्रीको रूपमा ललीपप मात्र पाएको टिप्पणी गरे। उनले भने,
“मधेशी समुदायको हक-अधिकार झनै ओझेलमा पारिएको छ। युवा शक्ति विदेश पलायन हुनुपरेको छ। परिणामस्वरूप, राष्ट्र नै ओझेलमा परेको छ। त्यसैले, गणतन्त्र स्वतः असफल भइसकेको छ।”
जयसवालले व्यवस्था परिवर्तनका लागि सडक संघर्ष अपरिहार्य भइसकेको भन्दै नेतृत्व जसले लिए पनि फरक नपर्ने, तर राष्ट्र, राष्ट्रियता, र नेपाली पहिचान कायम गर्नु मुख्य लक्ष्य हुनुपर्ने बताए।
उनले थपे, “हामीलाई दल भन्दा देश ठूलो छ। अब समय आयो – व्यवस्था परिवर्तनका लागि सडकमा उत्रने।”
मधेशी युवा शक्ति सडक संघर्षका लागि तयार
कार्यक्रममा उपस्थित मधेशी युवा अभियन्ताहरूले “अब परिवर्तनको निर्णायक नेतृत्व मधेशी राष्ट्रवादी शक्तिहरूले गर्ने” प्रतिबद्धता व्यक्त गरे। उनीहरूले संघीयताको असफलता स्पष्ट भइसकेको र अब राष्ट्रवादी शक्तिहरूको एकताबद्ध आन्दोलन आवश्यक रहेको बताए।
कार्यक्रमका अन्य वक्ताहरूले पनि धर्मनिरपेक्षता खारेज गरी सनातन संस्कृतिको पुनर्स्थापना, भ्रष्टाचारमुक्त शासन, र २०४७ को संविधान पुनर्स्थापना नै अबको मुख्य एजेन्डा हुनुपर्ने” बताएका थिए।
निष्कर्ष:
• संघीयता मधेशी समुदायका लागि अभिशाप साबित भइसकेको छ।
• २०७२ को संविधान भ्रष्टाचारीहरूको षड्यन्त्र हो, जसलाई मधेशी राष्ट्रवादी शक्तिहरूले अस्वीकार गरिसकेका छन्।
• व्यवस्था परिवर्तनका लागि मधेशी समुदायको मात्र सहभागिता होइन, अब नेतृत्व नै रहनेछ।
• राष्ट्रिय मेलमिलापको आधारमा २०४७ को संविधान पुनर्स्थापनाका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्नेछ।
आगामी रणनीतिः
• मधेशमा व्यापक जनजागरण अभियान सञ्चालन गरिने।
• भ्रष्ट, राष्ट्रघाती, र विदेशी प्रभावमा रहेका शासकहरूको पर्दाफास गरिने।
• सडक संघर्ष चर्काइने र व्यवस्थापन परिवर्तनको घोषणा गरिने।
(विशेष रिपोर्ट – मधेशी राष्ट्रवादी समूह, कलैया)