काठमाडौं – पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ।
तीनकुने क्षेत्रमा हिंसात्मक गतिविधि बढ्न थालेपछि सुरक्षा निकायले विशेष सतर्कता अपनाएको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन नेपाली सेनाका ट्यांक तथा सशस्त्र सैन्य टोली परिचालित गरिएको छ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिलेको अवस्था विश्लेषण गर्दै आवश्यक निर्णय लिइने बताए। उनले भने, “हामीले स्थिति हेरेर कदम चाल्नेछौँ। कुनै क्षेत्रमा आगजनी तथा तोडफोड भएमा त्यसलाई नियन्त्रणमा लिनु हाम्रो प्राथमिकता हो।”
सरकारले जोखिमयुक्त स्थानहरूमा कर्फ्यु समेत जारी गरेको छ। नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्कन आग्रह गरिएको छ भने सुरक्षा निकायहरूलाई सतर्क रहन निर्देशन दिइएको छ।
तीनकुने क्षेत्रमा देखिएको अशान्ति नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित गरिएको छ। सुरक्षा अधिकारीहरूले नागरिकलाई शान्ति-सुरक्षाको पालना गर्न र अफवाहबाट बच्न आग्रह गरेका छन्।
स्थिति थप जटिल नबनोस् भनेर सरकार र सुरक्षा निकायहरू उच्च सतर्कताका साथ काम गरिरहेका छन्।