काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री दीपक बोहराको मंगलबार निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सांस लिएका हुन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, बोहरा लामो समयदेखि बिरामी थिए। ‘पोस्ट कोभिड’ का कारण उनको घाँटीमा समस्या देखिएको थियो, जसले गर्दा उनी बोल्न सक्दैनथे।
सांसद बोहरा २०७९ सालको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए।
उनका श्रीमती र दुई छोरा छन्। केही समयअघि उनकी छोरीको पनि निधन भएको थियो।