प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँचीको पाणिनी क्षेत्रतर्फ प्रस्थान गर्दै छन्।
पाणिनी तपोभूमिमा आयोजना हुने सम्मेलनको उद्घाटन गर्न उनी बिहान ११:३० बजे हेलिकप्टरमार्फत काठमाडौंबाट त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, सम्मेलनमा सहभागी भएर उनी आजै काठमाडौं फर्किनेछन्।
राजधानी फर्किएपछि प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्शको ७४औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।