कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अध्यक्ष तथा सदस्य पदका लागि सर्टलिस्ट सार्वजनिक गरेको छ।
समितिको आइतबार बसेको बैठकले दुबै आयोगका लागि ३४ जनाको नाम सर्टलिस्टमा छनोट गरी सार्वजनिक गरेको हो। समितिले नाम समेटिएका व्यक्तिहरू सम्बन्धी कुनै प्रतिक्रिया वा उजुरी भएमा वैशाख २० गते बेलुका ५ बजेसम्म प्रमाणसहित लिखित वा विद्युतीय माध्यमबाट मन्त्रालयको सचिवालयमा पेश गर्न आग्रह गरेको छ।
सिफारिस समितिले प्राप्त उजुरीहरूको अध्ययन गरी अन्तिम सिफारिस अघि बढाउने जनाएको छ।


