मध्यविन्दु नगरपालिकाको चोरमारा क्षेत्रमा रहेको गिरवारी खोलाको पुल सोमबार साँझ भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अत्यधिक भार बोकेको ट्रक पुल पार गर्ने क्रममा पुल भाँचिएको हो। पुल भाँचिएपछि सुरक्षाकर्मीले सवारी आवागमन रोकिदिएका छन् भने सयौं सवारी साधन लाममा परेका छन्।
ट्रक पुलमै फसेपछि चालक फरार भएको र हाल ट्रक हटाउन पहल भइरहेको प्रहरीले जनाएको छ। स्थिति सामान्य बनाउने प्रयासस्वरूप रानीबारी क्षेत्रतर्फको वैकल्पिक मार्ग प्रयोगमा ल्याउने प्रयास भइरहेको छ।
घटनापछि यात्रुहरू ठूलो समस्या भोगिरहेका छन् भने स्थानीय प्रशासन आवागमन पुनः सुचारु गर्न सक्रिय रहेको छ।